पत्रिकाको लडाई पत्रिका चलाउन मात्र होईन, राष्ट्रकै लडाईका लागि हो – कलाकार सिंखडा

५ कार्तिक २०७४, आईतवार १६:४३

कात्तिक ५, काठमाडौं । वरिष्ठ हाँस्यकलाकार तथा नागरिक अभियानकर्मी श्रीकृष्ण सिंखडाले काठमाडौंमा आयोजित सहकार्य मासिक पत्रिकाको विमोचनका क्रममा पत्रिकाको लडाई पत्रिका सञ्चालन गर्न मात्र नभई राष्ट्र परिवर्तनकै लडाई भएको बताए ।


काठमाडौंकोे मूलपानीमा आयोजीत सकारात्मक विकास सञ्चार केन्द्रको वृहत द्यौसी साँस्कृतिक कार्यक्रममा सो पत्रिकाको विमोचन गर्दै प्रमुख अतिथि समेत रहेका सिंखडाले समाज र राष्ट्रकै परिवर्तनमा सञ्चार माध्यमको उल्लेखनिय भूमिका रहेको बताउँदै पत्रिकाले समाज सुधारको लडाई लड्न र विजयी बन्न शुभकामना दिए ।

 

सहकार्य मासिक पत्रिकाको प्रकाशक तथा सम्पादक भीमा लामाले खोजमूलक र पाठनीय सामाग्री समावेश गरि आम पाठकलाई सूचना प्रवाह गर्न पत्रिकाको सुरुवात गरेको बताए । पत्रिका सूचना, सचेतना र सशक्तिकरणका लागि सार्थक सहकार्यका प्रतिवद्धता सहित विकास निर्माण र आर्थिक पक्षमा विशेष जोड्ने दिने बताए  ।