नेविसंघ गोरखा उपाध्यक्ष वास्ताकोटी माथि सांघातिक आक्रमण

२ पुष २०७४, आईतवार ०६:२७

पुष २, काठमाण्डौं ।

नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले नेपाल विद्यार्थी संघ गोरखा जिल्ला उपाध्यक्ष रमेश वास्ताकोटी माथि सांघातिक आक्रमण गरेको छ ।

प्रतिनिधी र प्रदेशसभाको चुनाव पश्चात समिक्षात्मक छलफल गर्ने क्रममा विना कारण सुनियोजित तरिकाले वाइसीएलका कार्यकर्ताले आक्रमण गरिएको नेवि संघका केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार हुदै गरेका वास्ताकोटी माथिको आक्रमणलाई लिएर नेपाल विद्यार्थी संघले एक विज्ञप्ती जारी गरेको छ । घटनाको घोर भत्र्सना गर्दै दोषीलाई तत्काल कारवाही गर्न सरकार समक्ष नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले जोडदार माग गरेका छन् ।