नेप्से आज पनि सुधारोन्मुुख, अपरान्ह १२ बजेसम्म १४ करोड ८२ लाखको कारोवार

३१ आश्विन २०७४, मंगलवार ०७:०७

असोज ३१, काठमाडौं । नेप्से आज पनि सुधारोन्मुुख देखिएको छ । अपरान्ह १२ बजेसम्म नेप्से तीन दसमलव १३ अंकले बढेको छ भने सेन्सिटिभ शुन्य दसमलव ९१ अंकले बढेको छ ।

यसबिचमा नेप्से १५ सय ६८ दसमलव तीन अंकमा पुुगेको छ भने सेन्सिटिभ तीन सय ३० दसमलव ३२ अंकमा पुुगेको छ ।मध्यान्हसम्म एक सय २७ कम्पनीहरुको १५ सय ४२ वटा कारोवारमा दुई लाख ७८ हजार दुुई सय ५५ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम १४ करोड ८२ लाख २३ हजार आठ सय ९७ रुपैयाँ पुुगेको छ ।

१२ बजेसम्म आठ वटा समुहको कारोवार भएकोमा बाँणिज्य बैंक, ट्रेडिङ, बिकास बैंक, जलबिद्युुत र फाईनान्स समुहको सुचक बढेको छ भने होटल र बीमा समुहको सुचक घटेको छ । यसबिचमा अन्य समुहको सुचक भने स्थिर रहेको छ । बेष्ट फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ८७ पैसाले बढेर एक सय ६७ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ८० पैसाले घटेर १४ सय १७ रुपैयाँमा कारोवार भएको छ ।

प्रभुु इन्स्योरेन्स कम्पनीको भने यसबिचमा ११ सय ९४ रुपैयाँ अन्तिम मुल्यमा एक करोड २९ लाख १२ हजार छ सय ९३ रुपैयाँको सेयर किनबेच भएको छ ।