नेपाल–स्वीडेनका अपाङगता भएका व्यक्तिहरुबिच अनुभव आदानप्रदान

२४ मंसिर २०७४, आईतवार ०४:४५

मन्जिल कन्दङ्वा
मंसिर २३, काठमाडौं ।

शनिवार राजधानीमा विकसित मूलूकको अपांङगता भएका व्यक्तिहरु र विकासोन्मूख देशहरुका अपांङगता भएका व्यक्तिहरुका भोगाई, सम्बन्धि अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त  कार्यक्रममा विभिन्न क्षेत्रका सञ्चारकर्मी, तथा राष्ट्रिय अपाङग महासंघका विभिन्न तहमा रहेका समितिका सदस्य र स्वीडेनका अपाङगता भएका व्यक्तिहरुको प्रतिनिधित्व गरी माइकल फ्यागरवर्ग उपस्थित थिए ।

फ्यागरवर्ग स्वेडीनको “माई राइट” स्वेडीनको संस्थासँग आवद्ध छन् । उक्त संस्थाले नेपालसहित अन्य छ वटा मूलूकहरुमा अपांङगतासँग सम्बन्धित संस्थाहरुलाई सहयोग गर्दै आएको छ । उक्त संस्थाले अपांङगता भएका व्यक्तिहरुका हकहीतका लागि सहयोग गर्दै आएको छ ।


उनले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भने “स्वेडीनमा अपांङग व्यक्तिहरुको अधिकार (ऐन) ल्याउनका लागि लामो समयसम्म संघर्ष गर्नु प¥यो तर नेपालमा त चाँडै र सहजै अपांङगहरुको ऐन बन्यो यस कुरामा म खुशी व्यक्त गर्छु ।”
उक्त कार्यक्रममा मानवअधिकारकर्मी गणेश घिमिरेले भने, नेपालको संविधानमा अपांङगता भएका व्यक्तिहरुका हकमा ऐन बने पनि सम्बन्धित व्यक्तिहरुले भने उपयोग गर्न नपाएको गुनासो गरे ।
यसैगरी नेपाल अपांङग महासंघकी अध्ययक्ष निर्मला धितालले माइ राइट संस्थाकै सहयोगले गर्दा आजसम्म अपांङग महासंघलाई धेरै उल्लेखिन्य काम गर्न सफल भएको पनि बताइन् । नेपाल अपांङग महासंघको स्थापना गर्न पनि माई राइट संस्थाले ठूलो सहयोग गरेको पनि बताइन् ।


यसैगरी दृष्टिविहिनहरुको क्षेत्रमा विभिन्न मुदाहरु उठाई सरकारी रोजगारको क्षेत्रमा सहज बनाएको कुरा पनि प्रष्ट पारे ।काम गर्दै आएका विश्व श्रेष्ठले भने, माई राइट संस्थाकै सहयोगमा नेपालको अपांङगता भएका युवाहरुलाई रोजगारी प्रदान गर्दै आएको जनाए ।