नेपाल र एगाेलाविच कुटनीतिक सम्बन्ध स्थापना

२३ मंसिर २०७४, शनिबार १०:३३

मंसिर २३, कामठाडौं ।अफ्रिकी मुलुक एंगोलासँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको छ ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र संघका लागि नेपाल र एंगोलाका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र इस्मेल आब्राओ गसपार मार्टिनले हस्ताक्षर गर्नुभयो । राष्ट्र संघको प्रधान कार्यालयमा आज आयोजित समारोहमा दुवै मुलुकका राजदूतले उक्त दस्तावेजमा हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

उक्त नियोगका अनुसार नेपाल र एंगोलाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसलाई दिइएको छ । यससँगै नेपालको कूटनीतिक सम्बन्ध १५४ मुलुकसँग विस्तार भएको छ ।