नेपालभर भव्यताका साथ संविधान दिवस मनाउने निर्णय

३० भाद्र २०७४, शुक्रबार १५:००

भदौ ३०, काठमाडौं । संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन शुक्रबार सन्चार मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको छ ।

गत २६ गते प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएकोमा सन्चारमन्त्रीको संयोजकत्वमा २२ सदस्य प्रचार–प्रसार उपसमिति गठन भएको थियो । सोही उपसमितिले शुक्रबार संविधान दिवसको प्रचार–प्रसार गर्न निर्देशन समेत दिएको हो । आगामी असोज २, ३ र ४ गते नेपालभर भव्यताका साथ संविधान दिवस मनाउने निर्णय सरकारले गरिसकेको छ ।