नेपालको पहिलो नेपाल आइडलको उपाधि पोखराका बुद्ध लामालाई

६ आश्विन २०७४, शुक्रबार २०:४८

असोज ६, काठमाडौं । गायनमा आधारित रहेको रियालिटी शो नेपाल आइडलको विजेता बुद्ध लामा बनेका छन् । उनी नेपालको पहिलो नेपाल आइडल बन्न सफल भएका हुन् ।

२० बर्षका बुद्ध पोखराका हुन् । पुर्खोली घर धादिङ भएता पनि बुद्ध आफ्नो परिवारसँगै पोखरामा बस्दै आइरहेका छन् ।    त्यस्तै नेपाल आइडलको पहिलो रनअप भने निशान भट्टराई बनेका छन् । मोरङका निशान केही समय देखि काठमाडौँमा बसोबास गर्दै आइरहेका छन् । नेपाल आइडलको दावेदार रहेका निशान दोस्रो बनेका हुन् । निशानसँगै अर्का प्रतिस्प्रर्धी प्रताप दास सेकेण्ड रनरप भएका छन् । उनले नेपाल आइडलको तेस्रो उपाधी जितेका हुन् ।

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन्।
नेपाल आइडलको ग्राण्ड फिनाले कतारको दोहामा सम्पन्न भएको हो ।