नेपालको दिगो समृद्धि र विकास वाम गठबन्धन निर्माण : नेतृ भुसाल

४ मंसिर २०७४, सोमबार ०३:२२

मंसिर ४, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेतृ पम्फा भुसालले वाम गठबन्धन विपक्षीले सोचेजस्तै सजिलै नटुट्ने दाबी गरेकी छिन् ।
ललितपुर–१३ मा आइतबार आयोजित भेलामा भुसालले नेपालको दिगो समृद्धि र विकास केन्द्रित गर्दै गठबन्धन निर्माण भएको पन प्रस्ट पारिन । नेपालका विकासका अवरोध अल्पयुगका सरकार हुन्, सरकार बन्दा नबन्दै टुट्ने खेल सुरु हुन्छ, उनले भनिन् ‘तर अब हुने निर्वाचनमा वाम गठबन्धनका उम्मेद्वारलाई जिताउँदै स्थिर सरकार निर्माण गर्नका लागि जनतामा आह्वान गर्दछु ।’

समृद्ध नेपाल निर्माणको लागि अभियान बोकेर बाम गठबन्धन अघि बेको बताउँदै नेतृ भुसालले आफ्नो पार्टी अहिले राजनीतिक क्रान्तिमा रहेको र अब आर्थिक क्रान्तिमा लाग्ने बताईन् ।   ललितपुर–३ प्रदेशसभा उम्मेद्वार राजकाजी महर्जनले अबको निर्वाचनबाट युवाले नेतृत्वमा हस्तक्षेपकारी भूमिका खेल्ने बताए । पहिलो संविधान सभा निर्वाचनका समयमा आफु मात्र २५ वर्षको उमेरमा संविधानसभा सदस्य निर्वाचित भएको स्मरण गराउँदै उनले विकासको संवाहक युवा नै भएको बताए ।

 

‘युवा शक्ति पहिले आन्दोलनमा प्रयोग हुन्थ्यो, अब देशको समृद्धिमा लाग्नेछ, ’ उनले भने, नेपालको विकास योजना परिवर्तनकारी शक्ति बाम गठबन्धनसँग मात्र छ ।’ पहिलो संविधानसभा निर्वाचनमा नेतृ भुसाल ललितपुर–३ र महर्जन क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।