निवासबाटै सिके राउत पक्राउ

मंसिर २१, काठमाडौँ । पटकपटक देश टुक्राउने अभिव्यक्तिका कारण पक्राउ पर्दै आएका सिके राउत विहीवार बिहान जनकपुरस्थित निवासबाटै पक्राउ परेका छन् । चुनाव विरोधी गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

जनकपुरमा उनी  भाडाको घरमा बस्दै आएका थिए  ।

उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको छ । राउतले मधेसमा भोट बहिस्कार गर्ने अभियान चलाउँदै आएका थिए ।


प्रकाशित | २०७४ मंसिर २१ प्रकाशित ०५:५०

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ