निर्वाचनको बेला भारतसंग जोडिएका नाका सिल गरिने

३ मंसिर २०७४, आईतवार ०८:४५

मंसिर ३,काठमाण्डौं ।
आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अघि भारतसँग जोडिएका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको सीमा नाका मंसिर १९, २० र २१ गतेसम्म बन्द हुने भएको छ ।

त्यसैगरि भारतको उत्तर प्रदेशमा मंसिर १३ गते हुने स्थानीय तह निर्वाचन अघि पनि तीनै जिल्लाका सीमा नाका मंसिर १२ र १३ गतेका लागि बन्द गर्ने सहमति भएको रुपन्देहीका सहयक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभएको छ । उहाँका अनुसार नेपाल भारतको सुरक्षा समितिको नियमित बैठकमा दुवै देशका अधिकारीहरुबीच सीमा नाका बन्द गर्ने लगायत विभिन्न निर्णयहरु भएको बताउदै नेपाल भारतको दुवै देशका नागिरकता लिएका व्यक्तिहरुलाई निगरानी गरी प्रमाणसहित आवश्यक कानुनी कारवाही गर्ने, खुल्ला सीमाका कारण निर्वाचनको समयमा हातहतियारको ओसारपसार हुन सक्ने सम्भावना रहेका कारण नाकामा कडाइका साथ चेकजाँज गर्ने, नाकाबाट हुने लागूपदार्थको ओसारपसारलाई नियन्त्रण गर्ने निर्णय भएको समेत बताईएको छ ।

निर्वाचनमा हुन सक्ने अपराध नियुनीकरणको लागी सीमामा दुवै देशको सुरक्षाहरुकर्मीको ज्वाइन्ट पेट्रोलिङ, सूचना आदानप्रदान गर्ने लगायतको निर्णयसमेत भएको साहयक प्रजिअ रेग्मीले बताउनुभयो । सीमा बन्द भएको अवस्थामा घटना हेरेर आपतकालीन अवस्थामा रहेका व्यक्ति, विरामी, विदेशी पर्यटकहरुलाई आवातजावतमा भने रोक नलगाइने वताईएको छ । बैठकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनाली, साहयक प्रजिअ शम्भुप्रसाद रेग्मी, संघीय नवलपरासीका प्रजिअ उदय बहादुर राना मगर, कपिलवस्तुका साहयक प्रजिअ रामेश्वर अर्याल, इकाई प्रहरी कार्यालय भैरहवाका प्रमुख एसएसपी दिपक थापा, भारतको महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर जिल्लाका