निमार्ण अवरोध नगर्ने सहमती

५ पुष २०७४, बुधबार ०६:१०

 

तेजेन्द्र के.सी

पुस ५, बुटवल।

क्रमसंख्याका आधारमा मुआब्जा बितरण गर्ने सहमतिपछि अवरोध भएको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्र्राष्ट्रिय बिमानस्थलको काम मगंलवार देखि पुनः शुचारु भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको संयोजकत्मा बसेको सर्वपक्षीय बैठकमा पहुँच र आर्थिक लेनदेनमा नपरी क्रमसंख्याका आधारमा मुआब्जा बितरण गर्ने सहमति भएपछि निर्माण कार्या र मुआब्जा वितरणको काम पुनः सुरु भएको हो ।

सहमति अनुसार पीडितहरुको समस्या समाधान गर्न बिमानस्थल आयोजनाको कार्यालयमै नापी र मालपोतको अस्थाई डेक्स राख्ने, पुर्णरुपमा घरबास बिहिन भएका र बिरामी परेका पिडितहरुको सम्बन्धित निकायले पहिचान गरि चाँडै मुआब्जा पाउने व्यवस्था गरेपछि अवरोध हटेको आयोजना प्रमुख ओम शर्माले जानकारी दिनुयभो।

मुआब्जा बितरणमा लापरवाही गरेको भन्दै स्थानीयले दुई दिन देखि काममा अवरोध गरेका थिए । दुईवर्ष देखि जग्गा रोक्का हुँदा जिबिका चलाउनै समस्या भएर आन्दोलनमा उत्रिएको स्थानीयले बताएका छन् । सहमति अनुसार काम नभए फेरि आन्दोलन गर्ने पीडित स्थानीयको भनाई छ । अहिलेसम्म साढे तीन अर्व मुआब्जा बितरण भइसकेको विमानस्थलमा सात हजार कित्ता जग्गा रहेको अधिग्रहण क्षेत्रका लागि २३ अर्व बढी रकम लाग्ने आयोजनाले जनाएको छ । अहिले आयोजनाको ३३ प्रतिशत काम सकिसकेको छ ।