निफ्राको मूल्यमा १० प्रतिशत गिरावट

११ फाल्गुन २०७७, मंगलवार १३:२२

काठमाडौं । लगातार सकारात्मक सर्किट ब्रेक लागिरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को सेयरमा आज नकारात्मक सर्किट ब्रेक लागेको छ।

अघिल्लो साता दोस्रो बजारमा सूचीकृत भएर लगातार बढिरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य मंगलबार १० प्रतिशतले घटेको छ । सबैभन्दा धेरै घट्नेमा हाइड्रोपावर समूह देखिएको छ । यो समूहको सब इन्डेक्स ४ प्रतिशतले भन्दा धेरैले घट्दा बैंकिङ समूह करिब ३ प्रतिशतले घटेको छ ।