नायव सुव्वा काफ्ले अख्तियारको नियन्त्रणमा

२८ मंसिर २०७४, बिहीबार १०:०८

मंसिर ,२८ ,काठमाण्डौं ।
अख्तियार अनुसन्धान दुरुप्रयोग आयोगले जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई पक्राउ गरेको छ ।  सेवाग्राहीबाट एक लाख घुस लिँदै गर्दा आज दिउँसो उनलाई रंगेहात पक्राउ गरेको बुझिएको छ ।

 

नासु काफ्लेलाई मालपोत कार्यालयको अण्डरग्राउण्ड कोठाबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो । टोलीले थप अनुसन्धान जारी राखेको छ ।