धादिङमा एमाले उम्मेदवार चढेको गाडी लक्षित गरी सुतली बम विस्फोट

३ मंसिर २०७४, आईतवार १३:५५

मंसिर ३, धादिङ । धादिङ क्षेत्र नम्बर १ अन्तर्गत थाक्रे गाउँपालिका वडा नम्बर ५ मा एमाले उम्मेदवार भूमि त्रिपाठी चढेको गाडीलाई लक्षित गरी सुतली बम विस्फोट गराइएको छ ।


धादिङको बाहुन डाँडामा वाम गठवन्धनको सभालाई सम्बोधन गर्न जाने क्रममा उम्मेदवार त्रिपाठी चढेको गाडीलाई लक्षित गरी वम विस्फोट गराइएको एमाले धादिङले जनाएको छ ।

घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरी वम विस्फोट गराउने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, आज बिहानमात्र जिल्ला निर्वाचन कार्यालयमा राखिएको बम नेपाल प्रहरीले निस्क्रिय पारेको थियो ।