धनुषा ३ बाट काँग्रेसका उम्मेद्वार निधिलाई पराजित गर्दै राजपाका राजेन्द्र महतो विजयी

२४ मंसिर २०७४, आईतवार ०२:४४

मंसिर २४, काठमाडौं । प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उनी ३० हजार ७५० मत प्राप्त गरी विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विमलेन्द्र निधिले २७ हजार ८४७ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं २ (क) मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार शैलेन्द्रकुमार यादव विजयी भएका छन् ।  उनले १६ हजार ५२१ मत प्राप्त गरी विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नवलकिशोर साहले नौ हजार ७४ मत प्राप्त गरेका छन् ।