धनकुटालाई प्रदेश नं. १ को राजधानी तोकिनु पर्ने माग

३ पुष २०७४, सोमबार ०८:३२

पुष ३, धनुकटा ।
धनकुटालाई प्रदेश नं. १ को राजधानी तोकिनु पर्ने माग गर्दै जिल्लाबासीले आज धनकुटा बन्द गरेका छन् ।

आईतबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेर सरकारलाई ज्ञापनपत्र बुझाएका धनकुटाबासीले आज बिहानैदेखि बजार बन्द  गराउदा  जनजीवन प्रभावित हुन पुगेको छ । जसका कारण धनकुटा भएर सञ्चालन हुने लामो तथा छोटा दूरीका सवारी साधन चल्न नसक्दा सर्वसाधारण मारमा परेका छन् । बन्दका कारण धनकुटा हुँदै तराई तथा भोजपुर, संखुवासभा र तेह्रथुम लगायतका जिल्ला जाने सावारीसाधन ठप्प छन् ।