देउसीको पैसाले विद्यालयमा सौर्य बत्ती

६ कार्तिक २०७४, सोमबार ०८:४४

कात्तिक ६, जाजरकोट । यहाँको कुशे गाउँपालिका–५ रामचन्द्र प्राथमिक विद्यालयलाई भैली खेलेको रकमबाट सहयोग स्वरुप सौर्य बत्ती उपलब्ध गराइएको छ ।

स्थानीय पाँचकाटियाका युवाले भैली खेलेर जम्मा गरेको रु ४० हजार बराबरको रकमबाट विद्यालयलाई सौर्य उर्जाको उपकरण किनेर उपलब्ध गराएकोे प्रधानाध्यापक नीमबहादुर ओलीले बताए ।

भैली खेलेको रकमबाट भोजलगायत अन्य फजुल खर्च गर्नेहुने गरेको थुपै उहाहरण देखिएको अवस्थामा पाँचकाटियाका युवाले सकारात्मक सन्देश दिएको स्थानीयबासी रामबहादुर पुनले बताए ।