दुई रुपैयाँमा नै फिल्म ‘दुई रुपैयाँ’ हेर्न पाइने

२८ भाद्र २०७४, बुधबार १५:१९

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ’दुई रुपैयाँ’ युनिटले दर्शकका लागि नयाँ योजना सार्वजनिक गरेको छ ।

दर्शकले दुई रुपैयाँमा फिल्म हेर्न पाउने भएका छन् । यो अवसर मात्रै १०० दर्शकले पाउने बताइएको छ ।
राजधानीको कमलपोखरीमा रहेको कुमारी हलमा आउँदो २९ गते बिहिबार सुरुमा टिकट काट्ने १०० जना दर्शहरुले मात्र २ रुपैयाँमा चलचित्र हेर्न पाउने भएका छन् ।

टिकट काट्नको लागि काउन्टर बिहान ११ बजे खुल्नेछ भने शो १२ः३० को रहेको छ ।टिकट पाउनको लागि २ रुपैयाँको नोट नै लिएर आउनुपर्ने जानकारी दिइएको छ ।

असिम शाहले निर्देशन गरेको यो फिल्ममा निर्माता समेत रहेका निश्चल बस्नेत, आसिफ शाह ,बुद्धि तामाङ, मेनुका पौडेल, टीका पहारी, रबिन्द्र झा, राजन इशान, विरासत पोखरेल लगायतको अभिनय रहेको छ।