दीपक मनाङे प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारमा सिफारिस

२६ आश्विन २०७४, बिहीबार ०१:३०

२६ असोज, लमजुङ । गुन्डा नाइकेका रुपमा चिनिएका राजीव गुरुङ (दीपक मनाङे) मनाङबाट एमालेले प्रदेशसभाको प्रत्यक्षतर्फको सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।


मंसीर १० गते हुने पहिलो चरणको चुनावमा उनी माथिल्लो मनाङको नेस्याङ र नारफु गाउँपालिका सम्मिलित क्षेत्रबाट प्रदेश सदस्यमा चुनाव लड्ने आजको कान्तिपुर दैनिकमा खबर छ ।