दार्जिलिङमा फेरि तनाव: एक सुरक्षाकर्मीको मृत्यु

२८ आश्विन २०७४, शनिबार ०१:५९

असोज २८, काठमाडौँ । भारत पश्चिम बंगालको दार्जिलिङमा गोर्खाल्यान्ड माग गर्दै आएका नेपालीभाषी र प्रहरीबीच शुक्रबार भएको गोली हानाहानमा एक जना प्रहरी अधिकारीको मृत्यु भएको पश्चिम बंगाल प्रहरीले जनाएको छ ।

उक्त घटनामा अन्य प्रहरी तथा थुप्रै आन्दोलनकारी घाइते भएको प्रहरीले बताएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङलाई खोज्दै उनी बसेको स्थानमा प्रहरी पुग्दा उनका अंगरक्षक र प्रहरीबीच गोली हानाहान भएको हो ।