दश थान अवैध मूर्तिसहित दुई चिनिँया नागरिक पक्राउ

३ मंसिर २०७४, आईतवार १०:५५

मंसिर ३ ,काठमाण्डौ ।
दश थान अवैध मूर्तिसहित दुई जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिन ज्याओछेङ र वाङ छेनछुङ छन् ।

त्रिभुुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको होल ब्यागेज स्क्रिनिङका क्रममा उनीहरुको साथमा रहेको कालो रंगको झोलामा ती मूर्तिहरु फेला पारिएको प्रहरीले जनाएको छ । उनीहरु चाइना इस्टर्न एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चिनको कुमिङ जान लागेका थिए । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।