दमक मा ‘छक्का पन्जा २’ टोलि

३० भाद्र २०७४, शुक्रबार ०९:०५

 

असोज ११ गते देखि देशव्यापी रुपमा प्रर्दशनमा आउँन लागेको चलचित्र ‘छक्का–पञ्जा २’को युनिटले प्रचार प्रसारकाको क्रममा दमक मा पत्रकार संग भेटघाट गरेको छ ।

चलचित्र युनिटले बिहिबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै ‘छक्का–पञ्जा’ ले जस्तै ‘छक्का–पञ्जा २’ ले पनि सफलता हात पार्ने बताएको हो । ‘६ एकान ६’, ‘वडा नम्बर ६’ र ‘छक्का पञ्जा’ को सफलता पछि आफूहरुले ‘छक्का–पञ्जा २’ ल्याएको चलचित्रकी निर्देशक दिपाश्री निरौलाले बताईन् । उनले चलचित्र पहिलाको भन्दा फरक भएको बताउदै थपिन चलचित्र छक्का–पञ्जा भन्दा फरक विषय बस्तु रहेको छ, हलमा गएका दर्शकलाई चलचित्रले निरास हुँन दिदैँन, चलचित्रले दर्शक हँसाउँछ।’

पत्रकार सम्मेलनमा बोल्दै निर्माता तथा कलाकार दिपकराज गिरीले चलचित्र युवाको कथामा आधारिक सामाजिक विषय बस्तु बोकेको चलचित्र भएको बताए । उनले भने,‘ चलचित्र युवाहरुको कथामा आधारित छ, यसले सामाजिक विषय बस्तुलाई उठान गरेको छ उनले भने,‘ नामका रुपमा सिक्वेल भएपनि विषय बस्तुमा फरक छ, तर छक्का–पञ्जाको झल्को आउँछ ।’

प्रचार प्रसारको क्रममा दिपक र दिपा संगै चलचित्रका कलाकार प्रियंका कार्की,केदार घिमिरे,जितु नेपाल,बर्षा राउत,स्वरूप पुरुष ढकाल,र गायक हेमन्त शर्मा को उपस्थिति रहेको थियो ।