दक्ष चालक नहुँदा बढी दुर्घटना, लामो दूरीका लागि ४० हजार दक्ष चालक आवश्यक

१२ कार्तिक २०७४, आईतवार ०१:१४

कात्तिक १२, काठमाडौँ । लामो दूरीमा गुड्ने यात्रुबाहक बस हुनुमा दक्ष चालकको अभाव प्रमुख कारण देखिएको समाचार आजको अन्नपूर्ण पोष्ट छ ।


देशभर दक्ष चालकको अभाव देखिएको बेला लामो दूरीका बस दुर्घटना बढ्दो देखिएको छ ।

लामो दूरीका बसमा १० वर्षअघिसम्म दुई जना चालक राख्ने व्यवस्था गरिएको थियो । एउटा चालकलाई आठ घन्टाको दरले दुई जनाले १६ घन्टासम्म लामो दूरीका बस चलाउँथे । यो व्यवस्थामा कडाइ गर्दा लामो दूरीका बस दुर्घटनाको दर निकै तल झरेको थियो । पूर्वाञ्चलको हकमा हेटौंडामा अनिवार्य रूपमा अर्को चालक फेर्ने नीति कडाइसाथ कार्यान्वयनमा ल्याइएको थियो ।

तर, अहिले एउटै चालकले गन्तव्यसम्म र्पुयाउन बाध्य छन् । एकै जनाले १५ देखि २० घन्टासम्म बस चलाउँदा दुघर्टनाको जोखिम बढ्दै गएको विज्ञहरूको ठहर छ । दुई जना चालक मिलेर गन्तव्य स्थानसम्म सवारीसाधनलाई सुरक्षित र्पुयाउने व्यवस्था अहिले कार्यान्वयनमा छैन ।

विज्ञहरूका अनुसार तत्कालै ४० हजार हाराहारीमा लामो दूरीका सवारीसाधनमा दक्ष चालकको व्यवस्था गर्न सके दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।