त्रिविमा शिक्षा ऐनको नवौँ संशोधन विरुद्ध ¥यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न (अडियो सहित)

कात्तिक १९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पस कीर्तिपुरका शिक्षा शास्त्रका विद्यार्थीले शिक्षा ऐनको नवौँ संशोधन विरुद्ध त्रिवि परिसरमा बृहत् विरोध ¥यालीसहित अन्तरक्रिया कार्यक्रम गरेका छन् ।

शिक्षा ऐन २०२८ को नवौँ संशोधन खारेजीको माग गर्दै उनीहरूले आइतबार दिउँसो ¥याली निकालेका हुन् । ¥याली पश्चात् अन्तरक्रिया कार्यक्रम गरेका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले सडक आन्दोलन र विरोध ¥यालीले मात्र संशोधन खारेज हुनेमा आशंका व्यक्त गरे । ‘सडक आन्दोलन र विरोध ¥यालीले मात्र यो संशोधन खारेज हुँदैन’ प्रमुख अतिथिसमेत रहेका शिक्षाविद् डा. कोइरालाले भने, ‘तथापी संशोधनलाई कार्यान्वनमा रोक भने लाउन सकिन्छ ।’

कार्यक्रममा विभिन्न विद्यार्थी संगठनका नेताहरूले नवौँ संशोधन गलत भएको र खारेजीका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता जनाएका छन् । यसैगरी उक्त संशोधनको विरुद्धमा चरणबद्ध आन्दोलन गर्न संघर्ष समितिको गठन गरिएको कार्यक्रमका संयोजक पुष्कर शर्माले जानकारी दिए ।


प्रकाशित | २०७४ कार्तिक १९ प्रकाशित १४:०१

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ