तीन दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा समानुपातिक प्रणालीमा भाग लिने दलले निवेदन दिनुपर्ने

२४ भाद्र २०७४, शनिबार ०६:२९

भदौ २४,काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न तीन दिनको समय दिएको छ ।

आयोगले सूचना निकालेर मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावको लागि समानुपातिक प्रणालीतर्फ भाग लिने चाहाने दललाई आइतबारदेखि आउँदो मंगलबारसम्ममा निवेदन दिन आग्रह गरेको हो । तीन दिनभित्र निवेदन नदिने राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा समानुपातिक तर्फको चुनावमा भाग लिन नपाउने पनि आयोगले स्पष्ट पारेको छ । निवेदन पेस गर्दा प्रतिनिधिसभा सदस्यको लागि मात्र भाग लिने वा प्रदेशसभा सदस्यको चुनावमा भाग लिने वा प्रतिनिधिसभा सदस्य चुनाव र प्रदेशसभा दुवैमा भाग दिने भन्ने स्पष्ट खुलाउनुपर्ने आयोगले जनाएको छ ।

यस्तै प्रदेशसभा सदस्य चुनावतर्फ सबै प्रदेशमा भाग लिने वा कुन कुन प्रदेशमा भाग लिने भन्ने स्पष्ट खुलाइ सम्बन्धीत दलको प्रमुख पदाधिकारीको हस्ताक्षरसहित आयोगमा बुझाउन भनिएको छ ।