ताजा अपडेट २१ तहको परिणाम सार्वजनिक, कांग्रेसको अग्रता कायमै

५ आश्विन २०७४, बिहीबार ०९:५६

असोज ५, काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा भएको निर्वाचनको २५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

 

बिहीबार दिउँसो ३ बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ८, नेकपा एमाले ४, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ४ र नेकपा माओवादी केन्द्र ४ स्थानीय तहको प्रमुखरअध्यक्षमा विजयी भएका छन् ।   यस्तै, संघीय समाजवादी फोरम नेपाल ३ र नेपाल लोकतान्त्रिक फोरम २ स्थानीय तहमा विजयी भएका छन् ।  प्राप्त पछिल्लो परिणामअनुसार सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका किशुनदेव राय विजयी भएका छन् भने उपाध्यक्षमा समाजवादी फोरमकै इन्द्रकलादेवी विजयी भएकी छन् ।

 

यस्तै, सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका सिद्धार्थदास यादव विजयी भएका छन् । उपाध्यक्षमा भने संघीय समाजवादी फोरमकी सीतादेवी यादव विजयी भएकी छन् ।  सप्तरीको डाक्नेश्वरी नगरपालिकाको मेयरमा राजपाका शिवनारायण साह र उपमेयरमा राजपाकै इन्दुदेवी यादव विजयी भएका छन् ।  बाराको देवताल गाउँपालिकाको अध्यक्षमा राजपाका चन्दनकुमार सिंह २३३० मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा राजपाकै रामपतिदेवी महतो २१५३ मत ल्याइ विजयी भएकी छन् ।