ढुक्क भएर निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह : उपप्रम गच्छदार

मंसिर ६, काठमाडौं । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले निर्वाचन सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी नराख्ने दाबी गरेका छन् ।


उनले निर्वाचन सुरक्षाका लागि सबै संयन्त्र प्रयोग गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गरे ।

बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले मंसिर १० र २१ गते हुने निर्वाचनलाई निष्पक्ष एवं शान्तिपूर्णरुपले सम्पन्न गर्न सरकार प्रतिबद्ध भएर लागेको बताए ।


प्रकाशित | २०७४ मंसिर ६ प्रकाशित १३:२३

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ