डेंगुविरुद्ध नै दिन अभियान

कात्तिक ९, काठमाडौं । झापाका विभिन्न स्थानमा डेंगुको संक्रमण बढ्न थालेपछि भद्रपुर नगरपालिकाले त्यसका नियन्त्रणका लागि नौ दिने अभियान सञ्चालन गरेको छ ।

नगरपालिकाले आसपी जाइन्ट फोगर मेसिन खरिद गरी नगर क्षेत्रभित्र बुधबारदेखि औषधि छर्कने अभियान शुरु गरेको हो । नगर प्रमुख जीवनकुमार श्रेष्ठले नौ दिनसम्म नगर क्षेत्रको ‘किङ फग’ नामक औषधि छर्किने जानकारी दिनुभयो ।

नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख ईश्वरी पौडेलका अनुसार बुधबार भद्रपुरको वडा नं ७ र १० मा औषधि छरिएको छ । त्यस्तै, ९ गते ५ र ६, १० गते ८ र ९, ११ गते ३ र ४, १२ गते १ र २, १३ गते ७ र १०, १४ गते ५ र ६, १५ गते ८ र ९, १६ गते ३ र ४ मा र १७ गते छुटेका क्षेत्रमा औषधि छर्कने कार्यक्रम रहेको छ । यसैगरी, नगरपालिकाले डेंगु रोग र बँच्ने उपायका ’bout नगर क्षेत्रभित्र माइकिङ पनि शुरु गरेको छ ।

जिल्लामा डेंगुको प्रकोप फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन समेत नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ । कार्यालयले टायर, गहिरो भाँडाकुँडामा लामो समयसम्म पानी नराख्न सुझाव दिएको छ भने नियमितरुपमा झुल टाँगेर सुत्न, ज्वरो आएको बेला वाकवाकी लागेमा तुरुन्त स्वास्थ्य संस्थामा जान सुझाएको छ ।

 


प्रकाशित | २०७४ कार्तिक ९ प्रकाशित ०१:५०

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ