डीआर कङ्गोको आक्रमणमा इटालीका राजदूत मारिए

१० फाल्गुन २०७७, सोमबार २१:३१

नैरोवी  । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको कङ्गोमा हत्या भएको छ ।  देशको पूर्वीक्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्‍व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएका बेला उनको हत्या भएको हो ।

पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा परी राजदूतसँगै उहाँका अङ्गरक्षक, चालक र अरु केही व्यक्तिको पनि मृत्यु भएको छ ।
सुरक्षा दलका अरु केही घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

कङ्गोमा आफ्ना राजदूतको हत्या भएको इटलीले पनि पुष्टि गरेको छ । घटनाका बारेमा थप विवरण संकलन गर्ने क्रम चलिरहेको अधिकारीहरूको भनाइ छ ।