टुसारो र चिसोका कारण देशभर जनजीवन प्रभावित

२ पुष २०७४, आईतवार ०३:५३

पुस २, काठमाडौं । उपत्यकासहित दशेभर चिसो बढेको छ । शनिवार काठमाडौंको चिसो न्यूनतम तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलव ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ ।

चिसोकै कारण उपत्यकाका फाँटवरिपरि तुसारो परेको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले बताए । उनले भने, जाडोयाममा चिसो बढ्नु नौलो कुरो होइन तर यसमा उच्च चापीय क्षेत्रको केही प्रभाव (रातको समयमा आकाश सफा र खुल्ला) पनि देखिएकाले तुलनात्मक रुपमा तापक्रम घटेको र तुसारो परेको छ ’ केही दिनयता पहाडीभेगमा हल्का बदली भएको छ भने मध्यतराईमा कुइरो लागेका कारण चिसो बढेकामा आईताबार मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकाको तापक्रम शून्यामा पुग्ने उपत्यकाको तापक्रम शून्यमा पुग्ने मौसमवीद् अर्यालको भनाईमा अझै पुग्ने अनुमान गरिएको छ । गएराति काठमाडौंको तापक्रम माइनसमा झरेको थियो । आज यो वर्षकै बढी चिसो भएको महाशाखाको भनाई छ ।   दुई दिनदेखि चिसो बढेपछि उपत्यकासहित देशभर यसको प्रभाव सर्वसाधारणमा परेको छ । खासगरी चिसोबाट बच्न, बालबालिका र जेष्ठ नागरिक सजक हुनुपर्ने विशेषज्ञले औल्याएका छन् । महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम २ दशमलव २१ डिग्री सैल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा माइनस चार र सबैभन्दा बढी दिपायलमा २५ डिग्री सेल्सियस रहेको छ ।