टाटासुमो दुर्घटना हुँदा चालकसहित दुईजना गम्भीर घाइते

१२ पुष २०७४, बुधबार ०८:५७

पुष १२, मकवानपुर ।
हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको मझौला तथा टेम्पो यातायात संघको ना.१.च. १९३९ नम्बरको टाटासुमो बुधबार बिहान दुर्घटना हुँदा चालकसहित दुईजना गम्भीर घाइते भएका छन् भने अन्य छ जना सामान्य छन् ।

 

 

भीमफेदी इलाका प्रहरी कार्यालयकाअनुसार भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा टाटासुमो सडकबाट १०० मिटर तल झरेको थियो । चालक सागर खड्का र अगाडिको सिटमा सवार रुपा चौलागाइँको अवस्था गम्भीर रहेको भीमफेदी स्वास्थ्य केन्द्रका चिकित्सक अमरदीप मण्डलले बताए । काठमाडौंबाट आइरहेको अर्को सुमोलाई बाटो छोड्नेक्रममा दुर्घटना हुन गएको सुमोमा सवार विदुर धिमालले सुनाईन् । सुमोमा ८ जना यात्री रहेको प्रहरीले जनाएको छ ।अन्य घाइते हुनेह?मा किन्दा दाहाल, सिर्जना चौलागाइँ, राजकुमार घलान, जीवन शाह, प्रकृति मानन्धर र विदुर धिमाल रहेको र उनीहरूलाई उपचारका लागि हेटौंडा ल्याइएको प्रहरी सहायक निरीक्षक बोधप्रसाद यादवले जानकारी दिएको राससले लेखेको समाचारमा उल्लेख छ ।