जेलमा रहेका दुई पत्रकारको म्याद थप

१३ पुष २०७४, बिहीबार १०:५०

पुस १३, काठमाडौं । (यांगुन, बिबिसी)
उत्तरी म्यानमारमा भएको रेहिंग्या संकटबारे समाचार संकलनमा रहँदा पक्रउ परेका दुई पत्राकारलाई थप दुई साता हिरासतमै राख्न म्याद थप भएको छ । सूचना दिने बताएका प्रहरीलाई भेट्न जाँदा गत डिसेम्बर १२ का दिन रोयटर्स समाचार एजेन्सीमा कार्यरत पत्रकारद्धय वा लन र क्याव सोइ ओ पक्राउ परेका थिए ।


उनीहरुविरुद्ध गैरकानुनीरुपमा सूचना संकलन गरेको भन्दै मुद्दा दायर गरीएको छ ।
रोयटर्स समाचार एजेन्सीले भने पत्रकारले आफ्नो काम मात्रै गरिरहेको भन्दै उनीहरुलाई मुक्त गर्न म्यानमार सरकार समक्ष आग्रह गरेको छ । बुधबार म्याद थप गरेपछि उनीहरुलाई अब यांगुनमा रहेको इन्सिइन जेलमा राखिने बताइएको छ ।