जाडोमा बदाम खानु फाइदै फाइदा

२३ कार्तिक २०७४, बिहीबार १३:४४

जाडो मौसम सुरु भएसँगै विभिन्न रोगको संक्रमण पनि बढ्ने गर्छ । त्यस्ता रोगका किटाणुबाट जोगिन हामी अनेक उपाय अपनाउछौं । चिसो मौसममा लाग्ने रोगहरूबाट जोगिन हामी खानपानमा विशेष ध्यान दिन्छौं । शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउने खाना, न्यानो कपडा, पानी तताएर मात्रै खानेलगायतका गतिविधि गर्छौ । यति मात्रै होइन जानी वा नजानी घाममा बसेर बदाम पनि खाने गर्छौं । यसरी जाडो मौसममा बदाम खानु स्वास्थ्यका हिसाबले निकै फाइदाजनक हुन्छ ।

बदामलाई कतिपय ठाउँमा मुंगफली पनि भनिन्छ । बदाममा लगभग सबै प्रकारका पोषक तत्व पाइन्छ । एलमन्ड बदाममा अझै धेरै पोषक तत्व पाइने पोषकविद्हरूको भनाइ छ । एलमन्ड बदाम अलि महंगो हुन्छ । एक सय ग्राम काँचो बदाममा एक लिटर दुधमा पाइने प्रोटिन हुन्छ । बदामलाई भुटेर वा काँचै खान पनि सकिन्छ । फल मात्रै होइन बदामको तेल पनि छालाका किटाणुलाई नष्ट गर्न फाइदाजनक हुन्छ । जानौं पोषक तत्वले भरिएको बदाम खानुको फाइदा :

आयुर्वेदिक औषधि बनाउन

बदामबाट मानव शरीरमा आवश्यक पर्याप्त प्रोटिन प्राप्त हुन्छ । आयुर्वेदमा बदामको तेलको प्रयोगले विभिन्न औषधि बनाउनमा काम लाग्छ ।

मुटुको लागि राम्रो

सातामा ६ दिन बदाम सेवन गर्नाले मुटु सम्बन्धी रोगको जोखिम कम गर्छ । त्यसबाहेक बदामले कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्न मद्दत गर्छ । हड्डिलाई बलियो बनाउँछ बदाम सेवनले हड्डि बलियो हुन्छ । किनकी बदाममा पाइने क्याल्सियम र भिटामिन डीले हड्डिलाई पर्याप्त मात्रामा शक्ति प्रदान गर्छ ।

हार्मोन सन्तुलन राख्न सहयोगी

शरीरको विभिन्न प्रक्रियालाई सुचारु रुपले सञ्चालन गर्न हार्मोन उत्पादन सन्तुलित हुन जरुरी छ । नियमित बदाम सेवनले पुरुष र महिला दुबैको हार्मोन उत्पादनलाई सन्तुलित बनाइराख्छ ।

क्यान्सरको उपचार

बदाममा पोलीफिनोलिक नामक एन्टी–अक्सिडेन्ट पाइन्छ । यसले पेटको क्यान्सरको जोखिमलाई कम गर्छ । दुई चम्चा बदामको मक्खन सातामा एक पटक सेवन गर्नाले महिला र पुरुष दुवैमा पेटको क्यान्सरको जोखिम कम हुन्छ ।

प्रजनन क्षमता बढाउन सहयोगी

बदाममा फोलिक एसिड पाइन्छ । यसले गर्भावस्थाका बेला भ्रुणमा न्यूरल ट्युबको दोषलाई कम गर्छ । साथै यसले महिलामा प्रजनन शक्ति बढाउन पनि मद्दत गर्छ । (एजेन्सीको सहयोगमा)