जाजरकोटको मतगणना दुई स्थानबाट हुँदै

२१ मंसिर २०७४, बिहीबार १२:४३

मंसिर २१, जाजरकोट । पहिलो चरणमा मतदान सम्पन्न भएको जाजरकोटमा मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठकको निर्णय अनुसार मत गणना सुरु भएको हो ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुवै तर्फको मत गणना दुई ठाउँमा सुरू गरिएको हो । प्रदेश (क) अन्तर्गतको त्रिवेणी नलगाड नगरपालिका र (ख) अन्तर्गतको जुनीचाँदे गाउँपालिकाबाट मतगणना सुरु भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटमा त्यसका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र कांग्रेसका राजीवबिक्रम शाहवीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।