जाजरकोटको प्रारम्भिक मत परिणाममा शक्ति बस्नेत अगाडि

२१ मंसिर २०७४, बिहीबार १३:१८

मंसिर २१, जाजरकोट । पहिलो चरणमा सम्पन्न जाजरकोटको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनका साझा उम्मेदवार शक्ति बस्नेत अगाडि देखिएका छन् ।

६ सय ७ मत ल्याएर अगाडि रहेका बस्नेतलाई नेपाली काँग्रेसका राजीव विक्रम शाहले ४ सय ३७ मतसहित पछ्याइरहेका छन् ।

प्रदेशसभा सदस्य ‘क’ मा बाम गठबन्धनका उम्मेदवार गणेशप्रसाद सिंह ७ सय ५३ मतका साथ अगाडि छन् भने काँग्रेसका वेदराज सिंहले उनलाई पछ्याइरहेका छन् । उनले ४ सय ६६ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभा ‘ख’ मा भने नेपाली काँग्रेसका दीपकजंग शाही ३ सय ५१ मतसहित अघि छन् । उनलाई गठबन्धनका करवीर शाहीले पछ्याइरहेका छन् । उनले २ सय ८८ मत प्राप्त गरी पछ्याइरहेका हुन् ।