जनताको चाहाना अनुसार नै बामगठवन्धकोे चौतर्फी विजय-महासचिव पोखरेल

२६ मंसिर २०७४, मंगलवार ०९:१४

मंसिर २६, काठमाण्डौं ।
जनताको चाहाना अनुसार नै बामगठवन्धनले चौतर्फी विजय हासिल गरेको एमाले महासचिव ईश्वर पोखरेलको धारणा छ ।


काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निवाचित पोखरेलले मुलुकको आवश्यकता र जनताको चाहनालाई सम्बोधन गर्न वाम गठबन्धन देशव्यापी रुपमा विजयी भएको जनाउदै उनले पत्रकारहरुसँग जनताले मुलुकको समृद्धिका लागि बाम गठबन्धनलाई मतदान गरेको बताए ।