छिट्टै पार्टी एकता हुन्छः ओली, हामीलाई अध्यक्षको लोभ छैन्: दाहाल

२ पुष २०७४, आईतवार ११:४४

शशिशेखर घिमिरे/ तस्वीरः मन्जिल कन्दङ्वा

पुष २, काठमाण्डौं ।
राजधानीको दरबारमार्गस्थीत होटल अन्नपूर्णमा बामगठवन्धनले गरेको संयुक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपि ओली शर्मा लगायत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, लगायत दुवै पार्टीका शीर्ष तहका नेताहरुको उपस्थीति रहेको थियो ।

सम्मलेनमा सयौं कार्यकर्ता मात्र पुगेनन् दुवै पार्टीका शुभेच्छुकहरुको भीडले पत्रकारहरुले सहज किसीमले समाचार संम्प्रेषण समेत गर्न सकेनन् । ठेलमठेलकावीच दुवै पार्टीका दुई अध्यक्षको हल प्रवेशले वातावरण तरंगीत भएको थियो ।

सम्मेलनमा पहिला वोल्दै एमाले अध्यक्ष ओलीले चाडै नै एमाले र माओवादीबीच पार्टी एकता हुने स्पष्ट संकेत गरे । उनले अध्यक्ष को बन्ने भन्ने सवाल नै ठूलो नरहेको धारणा समेत राखे । अब पार्टी अध्यक्ष को हुने भन्ने पत्रकारले राखेको प्रश्नमा ओलीले छिट्टै पार्टी एकता हुने बताउदै आफूलाई अध्यक्ष नचाहिएको भन्दै अध्यक्ष चाहिएको भए म एमालेको अध्यक्ष छँदै छु भन्दै पार्टीको एकताको बारेमा आफूहरुलाई अहिल्य केहि भन्नु नभएको भन्दै पन्छीए । उनले अहिल्य प्रचण्डजी माओवादीको अध्यक्ष नै हुनुहुन्छ भन्दै निर्वाचनको परिणाम आउँदा – नआउदै सरकारका पक्षवाट भईरहेका गतीविधि प्रति लक्षित गर्दै सरकारका कामहरुको विरोध गरेका छन् ।

वाम गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको अवस्थामा भावी प्रधानमन्त्री ‘को त भन्ने प्रश्नको ओलीले जवाफ दिन उचित ठानेनन्’। ओलीले काम चलाउ सरकारले गरेका निर्णयहरु तर्फ ईगित गदैं दूरगामी महत्व र प्रभाव राख्ने कुनै पनि निर्णय नगर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरे । ओलीले जनतालाई मतदान गरेको र आफूहरुलाई विश्वसका साथ चुनेको भन्दै धन्यवाद व्यक्त गरेका छन् । उनले सरकार गठनमा संवैधानिक रुपमा कुनै अस्पष्टता नरहेको जिकिर समेत गरे । उनले प्रधानमन्त्रीबाटै लोकतन्त्रको स्वस्थ अभ्यासमा अवरोध गर्ने गरी अभिव्यक्ति आउनु दुःखद भएको बताए ।  अध्यक्ष ओलीले निर्वाचन आयोगले चुनावको मतपरिणाम औपचारिक रुपमा सार्वजनिक गर्न कुनै अस्पष्टता नरहेको बताएका छन् । त्यसैगरि अध्यक्ष ओलीले संविधानको अपब्याख्या गरेर अस्पष्टता ल्याउन खोजेको आरोप समेत लगाए । उनले आफूले सरकार छोड्दा नयाँ सरकारको गठनसम्बन्धी व्यवस्था नै नभएपनि राष्ट्रपतिमार्फत बाधा अड्काउ फुकाउ आदेश जारी गरेर नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेको बताए ।

अध्यक्ष ओली लगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु दुवै जना अध्यक्ष / प्रधानमन्त्री भइसकेका भन्दै आफूहरुलाई अध्यक्षको कुनै लोभ नभएको धारणा राखे ।


अध्यक्ष दाहालले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न सरकारलाई आग्रह गरेका छन् । दुई दलका शीर्ष नेताहरुले जनमतको अवमूल्यन नगर्न चेतावनी समेत दिएका छन् ।