चियाखेतीतर्फ आकर्षित हुँदै किसान

११ मंसिर २०७४, सोमबार ०२:३१

मंसिर ११, काठमाडौं । इलाम नगरपालिका–१ को मिलनकुमारी खत्रीलाई १५ वर्षअघिसम चियालाई ओइलाएपछि राखेर लामोसमयसम्म राख्न सकिन्छ भन्ने पत्तै थिएन । त्यतिबेला चियाँको मुना टिपेर तत्कालै प्रशोधन गरेको मात्र चिया हो उनले बुझेकी थिइन् ।

‘त्यति बेला थोरै मूल्यमा मात्रै चिया बिक्थ्यो,’ खत्रिले भनिन्, ‘आर्थिक स्थिति त्यति राम्रो थिएन । त्यसैले घरायसी सामग्री सटहीकै लागि पनि चिया सुकाउने काम गर्न थाल्यौं ।’ चिया खेतबाट आम्दानी पनि लिन सकिन्छ भन्ने कुरा थाहा नपाएकी खत्रीले बस्तु सटहीकै लागि मात्र चिया सुकाउने गर्थिन् । ‘चियाको दाम त्यतिबेला प्रतिकिलो आठ रुपैयाँ थियो, तर हामी बिक्रि गर्दैनथ्यो, ’ उनले भनिन् ।

 

थोरै बारीमा मात्र परम्परागत शैलीमा गरिदैँ आएको चियाखेती केही समयपछि गाँउभर विस्तार हुन थाल्यो । उनका अनुसार चिया बनाउन थालेपछि अन्य गाँउबाट पनि माग आउन थाल्यो । ‘चिया रोपेको तीन चार वर्षपछि मात्रै नगदमा बेच्न थाल्यौं, ’ खत्रिले भनिन् । हामी त्यति बेला घाममा मात्र चिया सुकाउथ्यौं, तर पानी परेको बेला भने आगोमाथी फलामको पाता राखेर सुकाउँथ्यौं । ’   घरेलु तथा साना उद्योग विकास समितिबाट उद्योग दर्ता गर्नुपर्ने र त्यसबापत प्राविधिक शिक्षा लिन मिल्ने सुनेपछि उदोग दर्ताका लागि खशी सदरमुकाम आईन् । चिया उद्योग दर्ता गराएपछि सेवा सुविधा पाईने भएपछि उनि सदरमुकाम आइन् ।   ‘त्यतिबेल दुई हजार पुरस्कार पाँए,’ उनले भने विगत सम्झिइन्, त्यसले गप हौसला बढ्यो । ’ खत्रीको अहिले आफ्नो र भाडामा गरी नौ सय रोपनी जग्गामा चियाखेती छ । चिया बथानसँगै उनकै चिया प्रशोदन गर्ने उद्योग पनि छ । चियाबाट अहिले वार्षिक तीन लाख देखि चार लाख रुपैयाँ नाफा हुन्छ ।   उनको चिया प्रशोधन उद्योग हेर्न छिमेकी जिल्ला र गाँउघरबाट किसान आउँछन् । अहिले खत्रिले उत्पादन गरेको चिया विदेशमा समेत निर्यात हुन्छ । उनले ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ पाईसकेकी छिन् । लेकाली कृषि सहकारी संस्थामा आबद्ध खत्रीले चियाकै लागि उन्नति परियोजनाबाट ८० लाख रुपैयाँको परियोजना पाईन् ।

 

यस्तै, सूर्यदयन गरपालिकाका चिया कृषक काजीमान कागतेले २५ वर्ष अघि आफ्नै पाँच रोपनी जग्गामा चियाखेती सुरु गरे । सुरुमा आफैँल े प्रयोग गर्न मात्रै खेती गरेका कागतेले चियाको माग बढेसंगै खेती विस्तार गरे । हाल ८० रोपनी जग्गामा चियाखेती गर्दै कागतेले दैनिकजसो दुई सय किलोसम्म हरियोपत्ती उत्पादन हुन्छ ।   ‘चियाबाट मनग्ये आम्दानी हुन्छ । चियाले नै परिवार पालेको छुँ,’ कागतेले भने, ‘अहिले व्यवसायिक चियाखेती बढेपछि त अझै राम्रा खेती हुन थालेको छ । ’ झुल्के घाम लघु चिया उद्योगका सदस्य समेत रहेका कागतेले चियाखेती कै लागी उन्नती परियोजनाबाट १६ लाख रुपैयाँ लिएका छन् ।    उनीहरु त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । चियाखेती गरेर मनग्य आम्दानी गर्ने किसान प्रशस्तै छन् । विभिन्न संघसंस्थाले तालिमको समेत व्यवस्था गर्न थालेपछि इलाममा चिया उत्पादनमा सुधार आएको चिया उत्पादन जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष पदमबहादुर तामाङ बताउँछन् ।

 

सरकारी तवरबाट पनि किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम आउने गरेको केन्द्रिय चिया सहकारी संघका महासचिव रजि राई बताउँछन् । ललितपुर, रामेछाप, कास्कीको पोखरामा पनि चिया खेती गर्न थालिएको राईले बताए । केन्द्रिय चिया सहकारी संघ इलामका अनुसार नेपालभर ९० हजारले चियाबाट रोजगारी पाएका छन् भने २० हजारभन्दा बढीले चियाको व्यावसायिक खेती गरेका छन् । करिब १५ हजारले चियामा रोजगार छन् । –रासस