चितवनको विकासमा कुनै कसर बाँकी नराख्न अध्यक्ष दाहालको प्रतिबद्धता

१२ मंसिर २०७४, मंगलवार ०१:५६

मंसिर १२, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको विकासका लागि कुनै कर बाँकी नराख्ने बताएको छ ।

 

चितवनको माडी नगरपालिका–४ घोसरीमा सोमबार आयोजित चुनावी सभामा उनले चितवनमा विकासको मूल फुटाउने बताउँदै विकासका लागि कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे । वाम गठबन्धनबाट चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वारसमेत रहेका अध्यक्ष दाहालले आफू पहिलोपटक चितवनबाट उम्मेद्वार बनेको भन्दै चितवनको नमूना विकास गदैृ त्यसै अनुसार देशको विकास र आर्थिक समृद्धिका लागि आफ्नो सम्पूर्ण जीवन विताउने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘ चितवनको माडीमा धेरै विकासका समस्या छन्, चितवन प्रचुर सम्भावना बोकेको जिल्ला हो, तैपनि यहाँको विकास अत्यन्त कमजोर छ, आफुले जितेपछि यहाँको विकासमा कुनै कसर बाँकी राख्नेछैन ।’
अध्यक्ष दाहालले रेवा खोला लगायतका धेरै ठाडा खोलाले जनतालाई समस्या पारेको बताउँदै तठबन्धन र रिङरोड बनाएर माडी क्षेत्रका जनतालाई सुरक्षित बनाउन आफ्नो सक्दो पहल गर्ने धारणा व्यक्त गरे ।

उनले भने,–“माडीको एकिकृत विकास गर्ने परिकल्पना गरेको छु । यहाँको विकासमा स्थानीय र प्रदेश सरकारले मात्रै सम्भव छैन, त्यसैले मैले वाम गठबन्धनसँग पनि यो कुरा गरिसकेको छु ।”  माडीलाई हात्ति, बँदेल, भालु, लगायतका जंगली जनवारले दुःख दिने गरेकोमा आफू जानकार रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसका लागि चुरेलाई घेर्ने गरी रिङरोड बनाउने प्रतिबद्धता समेत गरे । –गोरखापत्र