चारबुँदे माग राख्दै असोज २० गतेदेखि अनसन बस्ने डा. केसीको घोषणा

असोज ३, काठमाडौं । प्रा. डा. गोविन्द केसीले असोज २० बाट आमरण अनसन बस्ने घोषणा गरेका छन् । उनले चारबुँदे माग राख्दै अनसन घोषणा गरेका हुन् ।

 

उनले आफूहरुको सुझावअनुसार चिकित्सा शिक्षा विधेयक तत्काल पास गर्नु पर्ने माग गरेका छन् । एमबीबीएस अध्ययनका लागि काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क खारेज गरी उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार कायम गर्नु पर्ने र केयूका डीन राजेन्द्र कोजुलाई बर्खास्त गर्न माग गरेका छन् ।

बर्खास्त गरिएका आयल निगमका तत्कालीन प्रमुख गोपाल खड्कामाथि छानविन गर्नु पर्ने, कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन अध्यापन सुरु गर्ने गरी बजेटको व्यवस्था मिलाउन र डोटी(डडेल्धुरा, धनुषा(महोत्तरी, उदयपुर, पाँचथर–तेह्रथुममा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने उनको माग छ ।


प्रकाशित | २०७४ आश्विन ३ प्रकाशित १४:०६

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ