९ किलो चाँदी र हात्तीको पुच्छर सहित बर्दिबासबाट दुई जनालाई फक्राउ

२९ कार्तिक २०७४, बुधबार १४:०१

कात्तिक २९, काठमाडौं । अबैध चाँदीका गरगहान र हात्तीको पुच्छर सहित महोत्तरीको बर्दिबासबाट दुई जनालाई प्रहरीले फक्राउ गरेको छ ।

कैलाली टिकापुर नगरपालिका –१ का विश्वराज तिवारी र कालिकोट तिलकानगर– ९ बस्ने लक्ष्मी कोइरालालाई बर्दिवासस्थित शिशमहल होटेलबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट अबैध नौ किलो ४ सय ग्राम चाँदी र १५ हजार १ सय थान हात्तीको पुच्छर बरामद भएको प्रहरीले जनाएको छ ।
चाँदीका गरगहना र हात्तिको पुच्छर सहित पक्राउ परेकाहरुलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने भएको छ ।