चन्दा नदिएपछि नेपाली कांग्रेसका कार्यकर्ताले अध्यक्षको गाडी तोडफोड

१६ मंसिर २०७४, शनिबार ०६:१२

मंसिर १६, चितवन । चन्दा नदिएपछि नेपाली कांग्रेसका कार्यकर्ताले पूर्वी चितवनको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको कार तोडफोड गरेका छन् ।

रत्ननगर नगरपालिकाको वडा नम्बर १ बकुलहर चोकस्थित आफ्नै घर अगाडि पार्किङ गरेर राखेको बा १५ च ६३५ नम्बरको कारमा कांग्रेस कार्यकर्ताले तोडफोड गरेका हुन् ।

सेतो रंगको पल्सर मोटरसाईकलमा आएका दुईजना कार्यकर्ताले पार्किङ गरेर राखेको कारमा ढुंगा हानेर भागेका थिए । अध्यक्ष रेग्मीले चन्दा नदिएकै कारण आफूमाथि आक्रमण भएको बताएको छ ।

राजनीतिक दलको संरक्षणमा कार्यकर्ताहरुले व्यवसायीहरुलाई चन्दाको नाममा आतंकित बनाउने काम गरेको भन्दै घटनाको अनुसन्धान गरी कारवाही गर्न प्रहरी प्रशासनसँग अध्यक्ष रेग्मीले माग गरेको छ ।