चक्रघट्टा गाउँपालिकामा माओवादी केन्द्रको विजयी

७ आश्विन २०७४, शनिबार ०३:००

असोज ७, सर्लाही । सिरहाको चक्रघट्टा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा विक्रम यादव र उपाध्यक्षमा बसोधा देवी विजयी भएका हुन् ।

 

अध्यक्षमा निर्वाचित विक्रमले राजपाका कृष्णकुमार यादवलाई ६८ मत अन्तरले हराए । विक्रमले ३ हजार २१६ मत र कृष्णकुमारले ३ हजार १४८ मत पाएका छन् । विक्रम यादव माओवादीमा हालै प्रवेश गरेका फोरम लोकतान्त्रिकका नेता रामेश्वर रायका छोरा हुन् । त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकी बसोधा देवीले ३ हजार ३१० मत पाएर विजयी हुादा उनको निकटतम प्रतिद्वन्द्वी राजपाकी फुलबन्ती साहको पक्षमा ३ हजार ५० मत परेको छ ।