घुस लिँदा–लिदै दुई कर्मचारी अख्तियारको फन्दामा

१३ पुष २०७४, बिहीबार ११:०८

पुष १३,काठमाण्डौं ।
घुस लिएको आरोपमा यातायात व्यवथा कार्यालय सुकेधारमा कार्यरत दुई कर्मचारी अन्नतः अख्तियारको फन्दामा परेका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज चाविहिल सुकेधारास्थीत कार्यालयका प्रमुख सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई पक्राउमा लिएको हो ।
विदेशी सवारीचालक अनुमतिपत्र नविकरण गर्न पुगेको सेवाग्राहीसँग ति कर्मचारीले ठूलो रकम घुस लिएको खुलासा भएको छ ।
यसैगरि आयोगको उक्त टोलीले भूमिसुधार कार्यालय भक्तपुरका नायब सुव्वा राजु गौतमलाई ६ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।