घाइतेकाे उद्धारमा खटिए प्रदेश २ का प्रमुख झा

११ फाल्गुन २०७७, मंगलवार १३:००

जनकपुरधाम बाराको निजगढमा मोटरसाइकल दुर्घटनामा परेर चार व्यक्ति घाइते भएका थिए। 

जनकपुरबाट जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परी छटपटाइरहेका ४ जना घाइतेलाई प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ ले  उद्धार गरेका छन्।

जितपुर गइरहेका झाले घाइतेलाई आफ्नै गाडीमा राखेर चन्द्रनिगाहपुर अस्पताल पठाएका हुन् ।

नागरिक जीवनरक्षाभन्दा ठूलो कुनै कार्यक्रम नहुने उनले बताए । घाइते र दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।