गैह्र आवासिय नेपाली संघको अध्यक्षमा भवन भट्टको उम्मेदवारी

३१ भाद्र २०७४, शनिबार ०९:३९

भदौ ३१, काठमाडौं । गैह्र आवासिय नेपाली संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

शपनबार काठमाडौंमा पत्रकार सम्मेलन गरि बरिष्ठ उपाध्यक्ष भट्टले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । दुई कार्यकाल उपाध्यक्ष रहेका भट्टरसातौ विश्व सम्मेलनमा शेष घले समूहको तर्फबाट उपाध्यक्ष बनेका थिए ।

टिबिआई गु्रपका प्रमुख समेत रहेका भट्टको नेपालमा हवाई उड्यन, संचार तथा पूर्वाधार विकास निर्माणमा लगानी रहेको छ । यही असोज २८ देखि ३१ गते काठमाडांैमा एनआएनए को आठौ विश्व सम्मेलन हुँदैछ । सम्मेलनले आगामी दुई बर्षका लागि एनआरएनए को नया नेतृत्व चयन गर्नेछ ।