गायिका मेलिना राइ भन्दैछिन् तिम्रो जिन्दगीको प्रेम काहानी (भिडियो सहित)

११ मंसिर २०७४, सोमबार ०६:२६

मंसिर ११, काठमाडौं । गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय पाश्र्व गायनमा व्यस्त बनेकी गायिका मेलिनाको ‘मेरो जिन्दगीको…’मा आफै मोडलिङ गरेकी छिन् । उनलाई भिडियोमा रेवत राईले साथ दिएका छन् ।

सार्वजनिक गीतमा जगत नबोदितको शब्द, तारा प्रकाश लिम्बुको सङ्गीत रहेको छ । अलग एल्बम अलग उपहारमा संग्रहित यस गीतको भिडियोलाई मेलिनाकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । ओम प्रसाईको छायाङ्कन रहेको यसगीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । प्रेम भाव व्यक्त गर्ने यसभिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।