गायक पाण्डेले ल्याए राष्ट्रिय गीत ‘ मेरो नेपाल’ (भिडियो सहति)

३० कार्तिक २०७४, बिहीबार ०५:०८

कात्तिक ३०, काठमाडौँ । ‘मनदेखि मन”  बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक अनिश पाण्डेले राष्ट्रिय भावनाले ओतप्रोत गीत मेरो नेपालको भिडियो सार्वजनिक गरेका छन् । गायक पाण्डेले राष्ट्रिय भावनाले ओतप्रोत गीत मेरो नेपालको भिडियो सार्वजनिक गरेर आफ्नो दशेप्रतिको माया र सद्धभाव उजागर गरेका छन् ।

गीतकार भानु भट्टराईको शब्द शृजनामा तयार भएको गीतमा गायक स्वयमको संगीत रहेको छ । महाराज थापाले एरेन्ज गरेको गीतको सम्पादन पावन सुस्लिंगले गरेका हुन् । बेलायतमा नै रेकर्ड गरिएको गीतले देशको वर्तमान परिप्रेक्ष्यलाई मुख्य रुपमा उठाउन खोजेको छ । पाण्डेले यसपटक देशको महिमा र राष्ट्रियताले ओतप्रोत हुने गीत लिएर आएका छन् ।

भिडियो हेर्नुहोस्