खोटाङमा धान उत्पादन बढ्यो

९ पुष २०७४, आईतवार ०९:१२

पुस ९, खोटाङ ।
खोटाङमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा २८ हजार पाँच सय ६४ मेट्रिक टन धान उत्पादन भएकामा आव ०७४÷७५ मा १३ प्रतिशतले वृद्धि भएको होे ।
खेतीको समयमा पर्याप्त पानी परेको, रोगकिरा, प्राकृतिक प्रकोप नलागेका कारण धान उत्पादनमा वृद्धि भएको हो ।


आव ०७३÷७४ को तुलनामा यो चार हजार आठ ८० मेट्रिक टनले बढी हो । कृषि विकास कार्यलयका अनुसार अघिल्लो आवमा २० प्रतिशतले धान उत्पादन बढेकोमा यस आवमा १३ प्रतिशतले धान उत्पादन बढेको हो । जिल्लामा लाकतन्त्र, साबित्री, राधा, मकवानपुर, भोटेङ्गे, अटे, मार्सी, बासमती जातका धान खेती गर्ने गरिएको छ ।