खुकुरी देखाएर लुटपाट

१९ मंसिर २०७४, मंगलवार ०६:३३

मंसिर १९, काठमाडौं ।
३ जनाको अज्ञात समूहमा आएका युवाले खुकुरी देखाएर पाल्पाको माथगढी गाउँपालिका २, रुप्से देउरालीका सुरेश नेपालीको घरमा सोमबार राति लुटपाट गरेको छ ।


घरमूली सुरेशसहित गाउँका ९ जना युवा भलिबल खेल्न बाहिर गएका थिए । लुटपाटको घट्ना पछि प्रहरी त्यहाँ गई घट्नाको विवरण सङकलन गरी फर्केको छ ।
श्रीमान नभएको मौका पारी आएका लुटेराले लताकपडा, चार र पाँच तोला सुन र केही नगद लगेको प्रहरीले जनाएको छ ।